बारा । बारामा ट्याङ्करले कारलाई ठक्कर दिँदा कारमा सवार ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-२३ भोलहीमा ट्याङ्करले कारलाई शुक्रबार राति ठक्कर दिएको थियो ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गएराती पौने ११ बजे ठक्कर दिएको थियो ।

कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सर्राफको उपचारका लागि अस्पताल लैजाने क्रममा र कारमा सवार दुई जनाको भने विरगञ्ज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको छ ।