एजेन्सी । बेलायतमा एक जना सांसदको चक्कु प्रहार गरी हत्या गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीका सांसद  डेभिड अमिसलाई चक्कुले हानी हत्या गरिएको हो ।

चर्चको बैठकमा सहभागी भइरहेका बेला उनीमाथि चक्कु प्रहार गरिएको थियो । प्रहरीका अनुसार पूर्वी लण्डनमा यो घटना भएको हो ।

चर्चमा आफ्नो क्षेत्रका मतदातासँग कुराकानी गरिरहेका बेला उनीमाथि चक्कु प्रहार भएको थियो । ६९ वर्षका अमिस कन्जरभेटिभ पार्टीका पुराना राजनेता थिए ।

बेलैमा एम्बुलेन्स घटनास्थलमा आएको भए पनि उनलाई बचाउन भने नसकिएको प्रहरीले जनाएको छ । घटना लगत्तै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलायतमा सांसदमाथि पटक पटक आक्रमण हुँदै आएको छ । सन् २०१६ को जुनमा पनि लेबर पार्टीका सांसद जो काक्सलाई चक्कु प्रहार गरी हत्या गरिएको थियो ।