शुक्रबार २७२ जनामा संक्रमण पुष्टि, ९३१ संक्रमणमुक्त, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा एन्टिजेन विधिबाट ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७७७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त भइसकेका छन् । यस अवधिमा थप ८ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार २७७ पुगेको छ ।
देशभर १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेका छन् ।