भारतमा पछिल्लो २४ घण्टामा १७ हजार जनामा कोरोना पुष्टि

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ३६ हजार ६८४ पुगेको छ । समाचार तयार पार्दासम्म भारतमा २ लाख १० हजार ३५२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै त्यहाँ एकैदिन ३७८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ८४७ पुगेको छ ।