काठमाडौं । नेपाली मजदुर आन्दोलनका अगुवा मजदुर नेता ओम कोइरालाको निधन भएको छ ।

शुक्रबार विहान ३ वजेर १७ मिनेटमा विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

कोइरालालाई उपचारका लागि २ दिनअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उपचारका क्रममा आइसीयू आवश्यक परेकाले शुक्रबार बेलुका उनलाई विराटनगर लगिएको थियो ।