राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका, जमरा ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट टीका, जमरा ग्रहण गरेकी छन ।
उनले बिहान १० बजेर २ मिनेटको शुभसाइतमा राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाको हातबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी छन् ।
कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैं यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम भने स्थगित गरिएको छ ।