१७ दिनमा १३ जनाको मिर्गाैला प्रत्यारोपण

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १७ दिनमा १३ जनाको मिर्गाैला प्रत्यारोपण भएको छ ।
असोज १० गतेदेखि २६ गतेसम्म १७ जनाको सफल मिर्गाैला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार केन्द्रमा प्रत्यारोपणका लागि १ वर्षदेखि पालो पर्खेर बसेकामध्ये १७ जनाको सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो ।केन्द्रमा प्रत्यारोपणका लागि २ सयजना भन्दा बढीले पालो कुरिरहेको उनले बताए ।
२५ देखि ५५ वर्ष उमेरसम्मका व्यक्तिहरुको प्रत्यारोपण गरिएको उनले बताए । ‘धेरै जना प्रत्यारोपणका लागि लाइनमा हुनुहन्थ्यो, हामीले फुलपातीको अघिल्लो दिनसम्म प्रत्यारोपण गर्यौं, मिर्गाैला लिने र दिने सबैको स्वास्थ्य अवस्था राम्रो छ । अधिकांश स्वास्थ्य लाभ गरेर घर फर्किसक्नुभएको छ, दशैंको बेला उपचार गरेर घर फर्कन पाउँदा विरामीहरु खुशी हुनुभयो, ’श्रेष्ठले भने,‘अब दशैं सकिएलगत्तै फेरि प्रत्यारोपण सूचारु हुुन्छ ।’
श्रेष्ठ निर्देशकमा नियुक्त भएपछि प्रत्यारोपणको कामले गति लिएको केन्द्रका कर्मचारीहरु बताउँछन् । डा.श्रेष्ठ असोज ७ गते तेस्रो पटक केन्द्रको निर्देशकमा नियुक्त भएका थिए ।