काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बराबरी खेल खेलेर नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा नेपाल र बंगलादेश १–१ को बराबरी खेलेका हुन् ।

१० खेलाडीमा सिमित रहेको बंगलादेशले पहिलो हाफको नवौं मिनेटमा अग्रता लिएको थियो । माल्दिभ्सको मालेस्थित नेशनल फुटबल मैदानमा खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

कप्तान जमल भुयानले उपलब्ध गराएको फ्रिकिक बललाई सुमनले हेडिङ मार्फत गोलमा परिणत गरेका थिए । ७९ औं मिनेटमा बंगलादेश १० खेलाडीमा सिमित बन्यो । गोलरक्षक अनिसुर रहमानले डि बक्स बाहिर आएर बल रोकेपछि रेफ्री ले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी मार्र्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए । साद उद्दिनले पेनाल्टी क्षेत्र भित्र अन्जनलाई नै लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर प्रदान गरेका थिए ।