एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले कूटनीतिक माध्यमबाट इरानले परमाणु कार्यक्रमको समाधान नखोजे अमेरिकाले दोस्रो विकल्प रोज्ने बताएका छन् ।

उनले यो कुरा इजरायलका विदेशमन्त्री येर लेपिडसँग भेटवार्ता गरेपछि बताएका हुन् । इजरायलमा विदेशमन्त्री अहिले अमेरिकाको भ्रमणमा रहेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार ब्लिन्कनले अमेरिकासँग शक्तिको प्रयोग गर्ने विकल्प रहेको बताएका थिए ।

इरानसँगको वार्ता सफल हुने आशा राखे पनि यो विस्तारै क्षीण बन्दै गएको उनले बताए । यदि इरानले कूटनीतिक समाधान नखोजे अमेरिका दोस्रो विकल्पमा जाने उनले स्पष्ट पारेका छन् ।

–बिबीसी