उच्च अदालत जनकपुरका मुख्य न्यायाधीशद्वारा नवनियुक्त मुख्य न्यायाधिवक्तालाई शपथ

जनकपुरधाम, ३० पुष । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेक नारायण कुवँरले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा डा. सिंहलाई शपथ गराएका हुन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णको उपस्थितिमा सम्पन्न शपथ ग्रहण समारोहमा प्रदेश सरकारका उच्च अधिकारीहरू तथा कानुनी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
शपथपछि डा. सिंहले संविधान र कानूनको पालना गर्दै प्रदेश सरकारको तर्फबाट कानुनी परामर्श र बहसलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले न्यायिक प्रक्रिया सुदृढ गर्दै सुशासन र विधिको शासनलाई प्राथमिकतामा राख्ने बताए ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शपथ ग्रहणसँगै डा. सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

