राजर्षिजनक विश्वविद्यालयलाई मिथिला सांस्कृतिक केन्द्रको पूर्वाधार प्रयोग गर्न दिने निर्णय
जनकपुरधाम, २७ कार्तिक । राजर्षिजनक विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनका लागि महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको पूर्वाधार उपलब्ध गराइएको छ ।
नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सांस्कृतिक केन्द्रको पूर्वाधार विश्वविद्यालयलाई प्रयोग गर्न दिने निर्णय भएको हो ।
विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले उक्त पूर्वाधार उपलब्ध गराइएको जनाइएको छ ।

पूर्वाधार उपलब्ध भएसँगै विश्वविद्यालयको पठनपाठन, प्रशासनिक कामकाज तथा अन्य शैक्षिक गतिविधि सञ्चालनमा सहजता आउने विश्वास गरिएको छ ।
महत्वपूर्ण पूर्वाधार प्राप्त भएकोमा राजर्षिजनक विश्वविद्यालयले नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयप्रति आभार व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




