भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने मधेश सरकारको निर्णय
जनकपुरधाम, २७ कार्तिक । अल्पमतमा रहेको मधेश प्रदेश सरकारले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएका १४ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै, मधेश प्रदेशसभाको बैठक कार्तिक २८ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
लामो समयदेखि प्रभावित प्रदेशसभा बैठकलाई सुचारु गर्ने तयारीस्वरूप सरकारले उक्त निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




