जनकपुरधाम, १८ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको रक्त सञ्चार केन्द्रमा बुधबार ७१ युनिट रगत मौज्दात रहेको छ ।

रेडक्रसले सार्वजनिक गरेको बुधबारको रक्त भण्डार विवरणअनुसार विभिन्न सात रक्त समूहको गरी ७१ युनिट रगत उपलब्ध रहेको छ ।

रक्त भण्डारमा ए पोजेटिभ १९, ओ पोजेटिभ ५, बी पोजेटिभ २८ र एबी पोजेटिभ १३ युनिट रगत मौज्दात रहेको छ । त्यस्तै, ए नेगेटिभ ३, ओ नेगेटिभ २ र एबी नेगेटिभ १ युनिट रगत उपलब्ध रहेको रेडक्रसले जनाएको छ ।

त्यसैगरी, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) अन्तर्गत ए पोजेटिभ ३ र बी पोजेटिभ ६ गरी ९ युनिट मौज्दात रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक परेको समयमा सहज रूपमा रगत उपलब्ध गराउन रक्त भण्डारको नियमित व्यवस्थापन भइरहेको बताए ।

उनले रगतको माग जुनसुकै बेला बढ्न सक्ने भएकाले पर्याप्त मौज्दात कायम राख्न नियमित रक्तदान आवश्यक रहेको उल्लेख गरे ।

महतोले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिँदै रक्तदानले दुर्घटनामा परेका व्यक्ति, शल्यक्रिया गराइरहेका बिरामी, सुत्केरी महिला तथा अन्य गम्भीर बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले रक्तदानसम्बन्धी भ्रम र हिचकिचाहट हटाउँदै बढीभन्दा बढी व्यक्तिलाई रक्तदान अभियानमा सहभागी हुन आग्रहसमेत गरे ।