गंगासागर छठ पूजा समितिको अध्यक्षमा दास निर्वाचित
जनकपुरधाम, १८ असोज । जनकपुरधामस्थित श्री गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लालदास निर्वाचित भएका छन् ।
समितिको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा लालदासले १९ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।
निर्वाचनमा अध्यक्ष पदका अन्य उम्मेदवार सोनु निधिले १४ मत र कमलेश दासले ४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपाध्यक्ष पदमा रामचन्द्र साह २२ मतसहित निर्वाचित भएका छन् भने सन्तोषकुमार गुप्ताले १४ मत प्राप्त गरेका छन् । सहसचिव पदमा महेश खत्वेले २५ मत र मनोज झाले १६ मत प्राप्त गरेको समितिले जनाएको छ ।
कोषाध्यक्ष पदमा भने राजकुमार साह र शिवूलाल दासले समान १८–१८ मत प्राप्त गरेपछि उक्त पदमा पुनः निर्वाचन हुने भएको छ ।
सचिव पदमा मोहन राय तथा सदस्यहरूमा बसन्त वाग्ले, केशव शर्मा, महेन्द्र खत्वे र मण्डल निर्वाचित भएको जनाइएको छ ।
समितिको नयाँ कार्यसमिति चयनका लागि असोज १७ गते निर्वाचन भएको थियो ।


