सिरहा, ८ फागुन । सिरहाको औरही गाउँपालिका–५ औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो मोटरसाइकलमा सवार भई बरियारपट्टी हुँदै औरहीतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले शंका लागेर यादवलाई जाँच गरेको थियो ।

जाँचका क्रममा उनको साथबाट १ हजार रुपैयाँका १४ सय नोट बरामद गरिएको छ ।

प्रहरीले बरामद रकमको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ ।

सुरक्षाकर्मीहरूले पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् ।