जनकपुरधाममा मैथिली कथा गोष्ठी सम्पन्न, कुशल झा प्रथम


जनकपुरधाम, १ कार्तिक । मैथिली विकास कोषको आयोजनामा एक दिवसीय कथा गोष्ठी शनिबार जनकपुरधाममा सम्पन्न भएको छ । यस कार्यक्रममा मिथिला भाषाप्रेमी तथा साहित्यिक समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
कथा प्रतियोगितामा कुशल झा प्रथम भए भने दोस्रो स्थान अजितकुमार तिवारी र तेस्रो स्थान राजनन्दनी तिवारीले प्राप्त गरिन् । विजेताहरुलाई कार्यक्रमका संयोजक तथा पत्रकार सुजीत कुमार झाले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा कथावाचन मात्र नभई साहित्यिक प्रेरणा र अनुभवको आदान–प्रदान पनि भएको थियो । कथा प्रस्तुत गर्ने क्रममा प्रेरणा तिवारी, राजनन्दनी तिवारी, कुशल झा, अजितकुमार तिवारी र सुजीत कुमार झाले आफ्ना कथा सुनाए ।
आयोजकले यस किसिमको कथा गोष्ठीले मैथिली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छ जनाएको छ ।
कार्यक्रममा प्रस्तुत कथाहरू जीवन, समाज र सांस्कृतिक मूल्यमा आधारित थिए । भविष्यमा पनि यस्ता कथा गोष्ठीहरू नियमित रूपमा आयोजना गरिने योजना रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
