जनकपुरधाम, २८ पुष । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या निरन्तर बढिरहेको देखिएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगार अपडेट सम्बन्धी आइतबार आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

चालू आर्थिक वर्षको ५ महिना (साउन देखि मंसिर)सम्ममा धनुषाबाट मात्रै १७ हजार ३७३ जना वैदेशिक रोजगारीमा विभिन्न खाडी मुलुक पुगेका छन् । जसमध्ये १६६ जना महिला रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा गएकोमा धनुषाबाट सबभन्दा बढि २२ हजार १७५ पुरुष र १९ हजार ११८ महिला गरी कूल ४१ हजार २९३ जना रहेका थिए ।

सामी कार्यक्रम धनुषाका जिल्ला कार्यक्रम संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आर्थिक वर्ष ०८१/८२ को साउन महिनामा ३ हजार ११६ पुरुष र २७ महिलासहित कूल ३ हजार १४३ जना, भदौमा ३ हजार ३२९ पुष र ३१ महिलासहित कूल ३ हजार ३६० जना, असोजमा २ हजार ९१३ पुरुष र ३१ महिलासहित कूल २ हजार ९४४ जना, कार्तिकमा ३ हजार ५१३ पुरुष र ४० महिलासहित कूल ३ हजार ५५३ जना र मंसिरमा ४ हजार ३३६ पुरुष र ३७ महिलासहित कूल ४ हजार ३७३ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थालेसँगै रेमिट्यान्स आप्रवाह पनि बढिरहेको देखिन्छ । नेपालमा आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड, आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड, आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब ३१ करोड, आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड र आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्रिएको तथ्यांक छ ।

नेपालमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मनोसामाजिक परामर्श, सुचना तथा परामर्श, सीपमुलक तालिम, न्यायमा पहुँच, वित्तीय साक्षरता, आप्रवासी नेटवर्कको क्षमता विकासलगायतका कार्यहरु गर्दै आइरहेको छ ।

नेपालबाट विगत ५ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुको विवरण :

आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना, २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जना, २०७८/७९ मा ६ लाख ३ हजार ९० जना, २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना, २०८०/८१ मा ७ लाख ४१ हजार २९७ जना र चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ३ लाख २५ हजार ८०९ जना नेपालबाट वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशबाट १ लाख ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । सप्तरीबाट २० हजार ४६० जना, सिरहाबाट ३० हजार ९३०, धनुषाबाट ३९ हजार १०७ जना, महोत्तरीबाट २७ हजार ३५०, सर्लाहीबाट २१ हजार २४३, रौतहटबाट १३ हजार २१४ जना, बाराबाट १३ हजार ४२२ र पर्साबाट ७ हजार १३५ जनाले श्रम स्वीकृति लिएका छन् ।

चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा मधेश प्रदेशबाट कूल ७३ हजार ४३६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये सप्तरीबाट ७ हजार ७८६ जना, सिरहाबाट १३ हजार ४५३, धनुषाबाट १७ हजार ३७३ जना, महोत्तरीबाट १२ हजार १२१, सर्लाहीबाट ८ हजार ८११, रौतहटबाट ५ हजार ३८६ जना, बाराबाट ५ हजार ६४७ र पर्साबाट २ हजार ८५२ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ ।

विगत ५ वर्षमा धनुषा जिल्लाबाट लिएको श्रम स्वीकृति विवरण :

आर्थिक वर्ष २०७६/७७ मा २० हजार ३४१ जना, २०७७/७८ मा १२ हजार ६८९, २०७८/७९ मा ४१ हजार २९३, २०७९/८० मा ३९ हजार ५७९, २०८०/८१ मा ३९ हजार १०७ र चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा १७ हजार ३७३ जनाले धनुषाबाट श्रम स्वीकृति प्राप्त गरेको तथ्यांक छ ।

गत आव २०८०/८१ मा मधेश प्रदेशबाट ३ हजार ७२७ जना महिलाहरुले श्रम स्वीकृति लिएका छन् । जसमा सप्तरीबाट २२९ जना, सिरहाबाट २०५ , धनुषाबाट ३०६ जना, महोत्तरीबाट ३४१, सर्लाहीबाट १ हजार १५५, रौतहटबाट ३०६ जना, बाराबाट ८८३ र पर्साबाट ३०२ जना महिलाले श्रम स्वीकृति लिएको बताइएको छ ।

त्यस्तै, विगत ५ वर्षमा धनुषा जिल्लाबाट ९०४ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ८२ जना, २०७७/७८ मा ३४ जना, २०७८/७९ मा ४८ जना, २०७९/८० मा २६८ जना, २०८०/८१ मा ३०६ जना र चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा १६६ जना महिलाले श्रम स्वीकृति लिएका छन् ।

सामी कार्यक्रम धनुषाका जिल्ला कार्यक्रम संयोजक सौरभ कर्णले सन् २०११ देखि सञ्चालित सामी कार्यक्रम अहिले देशभरका २६७ वटा पालिकामा सञ्चालनमा रहेको जानकारी दिए ।

२०६३ सालदेखि अहिलेसम्ममा मधेशबाट कति जना विदेश उडे ? (जिल्लागत विवरणसहित)

मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्ममा १५ लाखभन्दा बढि युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् ।

सामी कार्यक्रम धनुषाका जिल्ला संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका आठवटै जिल्लाबाट यस अवधिमा कूल १५ लाख ७ हजार ४५ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका हुन् ।

जसअनुसार आर्थिक वर्ष २०६३/०६४ देखि ०७२/७३ को अवधिसम्ममा पर्साबाट २१ हजार ६६५, बाराबाट ३७ हजार ३६०, रौतहटबाट ३३ हजार १०१, सर्लाहीबाट ६ हजार ४६, महोत्तरीबाट १ लाख १४ हजार ४०३, धनुषाबाट १ लाख ३९ हजार ८८२, सिरहाबाट १ लाख ५ हजार ८८५ र सप्तरीबाट ७२ हजार ८३ जना गरि कूल ५ लाख ८४ हजार ४२५ जना युवायुवतीहरु वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा पर्साबाट ६ हजार ८०, बाराबाट ३ हजार ५९३, रौतहटबाट ९ हजार ६७, सर्लाहीबाट १४ हजार ८३५, महोत्तरीबाट १५ हजार ९२३, धनुषाबाट २० हजार ७१८, सिरहाबाट १६ हजार १०८ र सप्तरीबाट १३ हजार ३९३ सहित कूल ९९ हजार ७१७ जना विदेश गएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा पर्साबाट ४ हजार ३, बाराबाट ६ हजार ३३२, रौतहटबाट ७ हजार १४२, सर्लाहीबाट १२ हजार २४०, महोत्तरीबाट १५ हजार ७६३, धनुषाबाट २२ हजार ५३३, सिरहाबाट १७ हजार १७१ र सप्तरीबाट ११ हजार २१५ सहित कूल ९६ हजार ३९९ जना विदेश गएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा पर्साबाट ३ हजार १३८, बाराबाट ५ हजार १८२, रौतहटबाट ५ हजार ३१५, सर्लाहीबाट ९ हजार ७४०, महोत्तरीबाट १३ हजार ८०८, धनुषाबाट २० हजार ३४१, सिरहाबाट १६ हजार ७७ र सप्तरीबाट ९ हजार ७५५ सहित कूल ८३ हजार ३५६ जना विदेश पुगेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा पर्साबाट १ हजार ४३१, बाराबाट २ हजार ३६०, रौतहटबाट २ हजार ४९१, सर्लाहीबाट ४ हजार ६५६, महोत्तरीबाट ८ हजार १०८, धनुषाबाट १२ हजार ६८९, सिरहाबाट ९ हजार ८८८ र सप्तरीबाट ४ हजार ९४ सहित कूल ४५ हजार ७१७ जना विदेश पुगेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा पर्साबाट ५ हजार ६९५, बाराबाट १० हजार ३४५, रौतहटबाट १२ हजार ६०७, सर्लाहीबाट २० हजार ३२, महोत्तरीबाट २८ हजार ९८९, धनुषाबाट ४१ हजार २९३, सिरहाबाट ३२ हजार २३३ र सप्तरीबाट १८ हजार ३२७ सहित कूल १ लाख ६९ हजार ५२१ जना विदेश पुगेका छन् ।

मधेश प्रदेशको पर्साबाट आर्थिक वर्ष २०७९/८० मा ७ हजार ८३१, बाराबाट १४ हजार ६१३, रौतहटबाट १५ हजार २९१, सर्लाहीबाट २४ हजार ३५, महोत्तरीबाट २८ हजार ८७१, धनुषाबाट ३९ हजार ५७९, सिरहाबाट २९ हजार ९२० र सप्तरीबाट २१ हजार ४७३ सहित कूल १ लाख ८१ हजार ६१३ जना विदेश उडेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पर्साबाट ७ हजार १३५, बाराबाट १३ हजार ४२२, रौतहटबाट १३ हजार २१४, सर्लाहीबाट २१ हजार २४३, महोत्तरीबाट २७ हजार ३५०, धनुषाबाट ३९ हजार १०७, सिरहाबाट ३० हजार ९३० र सप्तरीबाट २० हजार ४६० सहित कूल १ लाख ७२ हजार ८६१ जना विदेश पुगेका छन् ।

आर्थिक वर्ष २०६३/६४ देखि २०८०/८१ को अवधिसम्ममा सबैभन्दा बढि धनुषाबाट ३ लाख ३६ हजार १४२ जना, सिरहाबाट २ लाख ५८ हजार २१२ जना, महोत्तरीबाट २ लाख ५३ हजार २१५ जना, सप्तरीबाट १ लाख ७० हजार ८ सय जना, सर्लाहीबाट १ लाख ६६ हजार ८२७ जना, रौतहटबाट ९८ हजार २२८ जना, बाराबाट ९३ हजार २०७ जना र सबैभन्दा कम पर्साबाट ५६ हजार ९७८ जनासहित कूल १४ लाख ३३ हजार ६०९ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।

त्यस्तै, चालू आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउन देखि मंसिर)सम्ममा पर्साबाट २ हजार ८५२, बाराबाट ५ हजार ६४७, रौतहटबाट ५ हजार ३८६, सर्लाहीबाट ८ हजार ८११, महोत्तरीबाट १२ हजार १२८, धनुषाबाट १७ हजार ३७३, सिरहाबाट १३ हजार ४५३ र सप्तरीबाट ७ हजार ७८६ सहित जम्मा ७३ हजार ४३६ जना वैदेशिक रोजगारीका लागि पलायन भएका छन् ।

अहिलेसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढि धनुषाबाट ३ लाख ५३ हजार ५१५ जना, सिरहाबाट २ लाख ७१ हजार ६६५ जना, महोत्तरीबाट २ लाख ६५ हजार ३४३ जना, सप्तरीबाट १ लाख ७८ हजार ५८६ जना, सर्लाहीबाट १ लाख ७५ हजार ६३८ जना, रौतहटबाट १ लाख ३ हजार ६१४ जना, बाराबाट ९८ हजार ८५४ जना र सबैभन्दा कम पर्साबाट ५९ हजार ८३० जनासहित कूल १५ लाख ७ हजार ४५ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका छन् ।

नेपालमा प्रत्येक वर्ष हजारौं युवायुवती वैदेशिक रोजगारीका लागि विदेश जान्छन् । यिनीहरूको संघर्ष र संघर्षको कथा केवल आर्थिक उन्नतिको होइन, बलका साथ सामना गर्ने जीवनका कठिनाईहरूको पनि हो । धनुषा जिल्लाबाटै १७ हजार ३७३ जना युवायुवती आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा विदेश काम गर्न गएका छन् । यसैगरी, धनुषा जिल्लामा २०८०/८१ मा ३९ हजार १०७ जना र २०७८/७९ मा ४१ हजार २९३ जनाले श्रम स्वीकृति लिएका थिए । यसले वैदेशिक रोजगारीको अवलम्बन बढिरहेको र युवा वर्गको विदेश जाने संख्या कति ठूलो भइरहेको छ भन्ने कुरा प्रस्ट गर्दछ ।

नेपालमा वैदेशिक रोजगारीका अवसरहरूको बारेमा चर्चा गर्दा मधेश प्रदेशका तथ्यांक महत्त्वपूर्ण छन् । २०६३/०६४ देखि २०८१/८२ सम्मको अवधि माप्दा मधेश प्रदेशका आठवटै जिल्लाबाट कूल १५ लाख ७ हजार ४५ जना युवायुवती विदेश गए । यीमध्ये सबैभन्दा बढी धनुषा, सिरहा र महोत्तरीका युवाहरु थिए । सबैभन्दा कम पर्सा जिल्लाबाट ५९ हजार ८३० युवाहरु विदेश गएका छन् ।

यस तथ्यांकले देखाउँछ कि धनुषा, सिरहा, महोत्तरी र अन्य मधेशका जिल्लाहरुका लागि वैदेशिक रोजगारी मात्र आर्थिक उन्नतिको स्रोत नभई सामाजिक र सांस्कृतिक परिवर्तनको वाहक पनि बनेका छन् ।

सामी (सुरक्षित आप्रवासन कार्यक्रम) ले यस क्षेत्रमा विभिन्न तालिम र सहायता प्रदान गर्दै युवायुवतीहरूलाई सुरक्षित र वैध आप्रवासनका लागि तयार गरिरहेको छ । यसले नेपालका युवाहरुलाई मानसिक र सामाजिक साक्षरतामा थप मजबुत बनाउने कार्य गर्दै आएको छ ।

नेपालबाट विदेश जानेलाई रोजगारीको मात्र ख्याल नगरी वैदेशिक रोजगारीका क्रममा उत्पन्न हुने मनोवैज्ञानिक र सामाजिक चुनौतीहरूको समाधान पनि महत्त्वपूर्ण छ । यसैका लागि सामी कार्यक्रमले विशेष ध्यान दिन्छ । जसका अन्तर्गत महिलाहरुको वैदेशिक श्रम स्वीकृति पनि उल्लेखनीय छ ।

नेपालका विविध जिल्लाका युवायुवतीहरूले विदेश जानुको कारण पिरो सपना पुरा गर्नको लागि मात्र होइन अपितु आफ्ना परिवारको जीवन स्तर सुधार्न र देशको अर्थतन्त्रलाई सहयोग पुर्याउन पनि हो ।

यद्यपि, वैदेशिक रोजगारीका अवसरहरूको वृद्धि सँगै केही चुनौतीहरू पनि आएका छन् । महिलाहरूसँग विशेष ध्यान दिनुपर्ने अवस्था छ, किनकि केही महिलाहरूको सुरक्षित आप्रवासनको प्रक्रियामा समस्या आउन सक्छ । महिलाहरूसँग अधिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षित आप्रवासन कार्यक्रमहरू जारी राखिनु जरुरी छ ।

वैदेशिक रोजगारीका लाभ र चुनौतीहरूको बीचमा, एक कुरा स्पष्ट छ – नेपालको भविष्य उज्जवल बनाउन यी युवा र युवतीहरूको योगदान अतुलनीय हुनेछ ।