सकियो दस जना प्रतिवादीको बयान

काठमाडौं, १३ भदौ। ललिता निवास क्याम्पभित्रको जग्गा हडप्न सरकारी कागजात कीर्ते प्रकरणमा प्रक्राउ गरेका प्रतिवादीमध्ये १० जनाको बयान सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा जारी बयानमा बुधबारसम्म १० जनाको बयान सकिएको हो ।
काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दिपक दाहालका अनुसार सोमबार दुईजना, मंगलबार तीनजना र बुधबार ५ जनाको बयान सकिएको हो । यद्यपि को को बयान सकिएको हो भन्ने विषयमा भने सूचना अधिकारी दाहालले खुलाएनन् । ललितानिवास प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर
मुद्दा लड्न पाउने भन्ने सम्बन्धमा बयान जारी छ । बयान सकिएपछि अदालतमा थुनछेक बहस हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


