सुन तस्करी प्रकरण : राहुल महरा पक्राउ

काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणमा मुछिएका उनले आजै मात्र प्रहरीमा बयान दिन उपस्थित हुने जानकारी दिएका थिए ।
सिआइबी उच्च स्रोतका अनुसार सोधपुछका लागि बोलाइएका बेला उनलाई त्यहीँबाट पक्राउ गरिएको हो । महरालाई बुधबार दिउँसो पक्राउ गरिएको हो ।
भेपमार्फत भएको नौ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले पनि राहुल महरालाई पक्राउ गरिएको पुष्टि गरे ।
करिब ६० किलो सुनकाण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा राहुललाई पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


