काठमाडौँ, ०७ भदौ । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले २०५१ सालदेखि सञ्चालनमा रहेकोमा हाल २ बर्षदेखि बन्द रहेको बताए ।

उनले किसानहरु आन्दोलनमा रहेको बताउँदै चिनी मिल सञ्चालनका लागि किसानले जग्गा समेत दिएको भन्दै सो चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।