लोसपाका युवा नेता सिंह दलबलसहित जनमतमा प्रवेश

काठमाडौं, ०४ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता रिकी सिंह आफ्ना दलबलसहित जनमत पार्टीमा प्रवेश गरेका छन् ।
उनीसहित उनका टीम सोमबार जनमतको पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष डाक्टर सीके राउतको हातबाट खादा र गम्छा लगाई पार्टी प्रवेश गरेका हुन् ।
लोसपा पार्टी अव्यवस्थित र असंगठित हुनुका साथै चलायमान समेत नभएकाले पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ । मधेसका लागि केही गरौँ भनेर पार्टीमा लागेको भए पनि लोसपामा काम गर्ने कुनै योजना र तयारी नदेखिएको बताउँदै उनले नेताहरू सत्ता बार्गेनिङमा मात्रै रुमलिरहेको आरोप लगाए ।
उनले लोसपामा यतिकै घाम तापेर बस्नुभन्दा त अरू ठाउँमा आफ्नो इनर्जी र क्षमता लगाए राम्रो हुने ठानेर जनमत रोजेको बताए ।
सिंहसँगै जसपाका रौतहट जिल्ला सह-सचिव कल्याण राउत, इन्जिनियर प्रफुल्ल सिंहलगायत विभिन्न पार्टी परित्याग गरी जनमतमा प्रवेश गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


