रास्वपाको सचेतकमा सांसद निशा डाँगी चयन

काठमाडौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचेतकमा सांसद निशा डाँगी चयन भएकी छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो ।
डाँगी रास्वपाकी समानुपातिकतर्फकी सांसद हुन् । बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
लामिछाने चितवन २ को उपनिर्वाचनमार्फत पुनः सांसद निर्वाचित भएका हुन् । सोमबारको बैठकले पार्टीका विभिन्न ३६ विभाग पनि गठन गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


