अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, १७ बैशाख । अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिम्पाटमा बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडितसँग ३० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


