आइतबार कोरोनाका ६० नयाँ संक्रमित थपिए

काठमाडौं, १७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३२८ पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार आइतबार ५५ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन् ।
संक्रमण बढ्न सक्ने भन्दै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


