वीर अस्पतालमा कार्यरत एक नर्स चिकित्सकको कोठामा मृत फेला

काठमाडौं, १७ बैशाख । काठमाडौंको वीर अस्पतालमा कार्यरत एक स्टाफ नर्स एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् ।
स्टाफ नर्स अनुमा श्रेष्ठ कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित कोठामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो ।
घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


