जनकपुरधाम, १७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै बैशाख १२ गते झापामा भएको हमलाको एमाले मधेस प्रदेश समितिले भर्त्सना गरेको छ ।

नेकपा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गर्ने व्यक्तिहरूलाई पक्राउ गरी कडाभन्दा कडा कानूनी कारवाही गर्न माग गरेका हुन् ।

उनले अहिलेसम्मपनि आक्रमणकारीलाई खोजेर कानूनी दायरामा ल्याउनुको सट्टा प्रधानमन्त्रीदेखि प्रहरी प्रशासनसमेतले यसलाई सामान्य घटनाको रुपमा लिएको भन्दै सरकारको आलोचना गरे ।