जनकपुरधाम, १७ बैशाख । मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रसमक्ष मधेशी आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

नेपालको संविधानको धारा २९४ एवम् मधेशी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम प्रदेश प्रमुख मिश्रसमक्ष आयोगले प्रतिवेदन पेश गरेको हो ।

आयोगले आर्थिक वर्ष २०७८/७९ मा सम्पादन गरेका चौथो वार्षिक प्रतिवेदन पेश गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए ।