प्रहरी प्रशासनको व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक : गृहमन्त्री श्रेष्ठ

जनकपुरधाम, १७ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनको व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार प्रदेश स्तरीय सुरक्षा समितिको बैठकमा प्रहरी प्रशासनको व्यवहारमा परिवर्तन ल्याउनु पर्ने मुख्य संकल्प गरिएको उनले बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन राष्ट्रको सेवाका लागि रहेको मुल्य मान्यतालाई लिएर कार्यपद्धतीमा परिवर्तन ल्याउने र जनताले व्यवहारमा अनुभूति गर्नेगरि काम गर्न निर्देशनसमेत दिए ।
बैठकमा महिला हिंसा, जातिय छुवाछुत, दलितमाथि विभेद, लागूपदार्थ लगायतको विषयमा छलफल हुनुका साथै समाजमा हुने अन्य अपराधलार्ई गम्भीरतापूर्वक समाधान गर्न निर्देशन दिइएको थियो ।

सुरक्षा समितिको बैठकमा गृहमन्त्री, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, मधेस प्रदेशका डिआइजी, प्रदेशको आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानका प्रमुख लगायत प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


