सर्लाही, १७ बैशाख । सर्लाहीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

सीमापारी भारतबाट प्रतिवन्धित लागूऔषध लिएर आउँदै गर्दा जिल्लाको लालबन्दी नगरपालिका–११ हीरापुर बस्ने २९ वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरिएको हो ।

महतोलाई मलंगवा–९ स्थित राजदेवी मन्दिर क्षेत्रबाट प्रहरी चेकिङ टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

महतोको साथबाट कोडिवेल १५८ बोतल, स्पास्मो प्रोक्सीभन प्लस ०२१ एस ट्याब्लेट २४ पत्तामा ५७६ पिस र उनले चलाइ ल्याएको ना ५३ प ९७९८ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।