वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा चारजना घाइते

काठमाडौं, १७ बैशाख । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा चारजना घाइते भएका छन् ।
आइतबार दिउँसो भएको उक्त घटनामा बिरामीका चारजना कुरुवा घाइते भएका हुन् ।
लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिएका छन् । सो भवन २०३६ सालमा निर्माण भएको थियो ।
पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चारजना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् । डा. पौडेलका अनुसार गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


