शनिबार ५१ नयाँ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं, १६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण थप एकजनाको मृत्यु भएको हो ।
१ हजार २३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आईसीयू) मा ८ र भेन्टिलेटरमा एकजना उपचाररत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


