भारी वर्षाका कारण ‘ए’ डिभिजन लिगका खेल प्रभावित

काठमाडौं, १६ बैशाख । काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिवारलाई तय भएका शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो ।
आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक/एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । ७२औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ ।
अब दुईटोली आइतबार खेल हुनेछ । आइतबार ७२ मिनेटपछि खेल खेलाइनेछ । खेल दशरथ रंगशालामा दिउसो ४ः३० बजेबाट सुचारु हुनेछ ।
लिग अन्तर्गत शनिबारकै अर्को खेल संकटा र जाउलाखेल युथ क्लवको खेल पनि वर्षाका कारण स्थगित भयो । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि थियो ।
५० मिनेटको खेलपछि रोकिएको जाउलाखेल र संकटाको खेल आइतबार दिउँसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ । यस्तै दरशथ रंगशालामा अबेरलाई तय भएको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीबीचको खेल पनि स्थगित भयो ।
खेल आइतवार नै एन्फा कम्प्लेक्समा ३ः३० बजे सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


