काठमाडौं, १६ बैशाख । ओमानलाई दुई रनले हराउँदै यूएई एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ ।

मुलपानी मैदानमा शनिबार यूएईले ओमानलाई डिएल पद्धतिका आधारमा दुई रनले पराजित गरेर नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको अवस्थामा वर्ष भएपछि डिएल पद्धतिका आधारमा यूएयी विजयी भएको हो ।

यूएई र नेपालबीचको फाइनल खेल सोमबार त्रिवि मैदानमा हुनेछ ।