विकासका लागि राजनीति नगरौं : मन्त्री साउद

काठमाडौं, १६ बैशाख । परराष्ट्रमन्त्री एनपी साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।
परराष्ट्रमन्त्री बनेपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताएका हुन् ।
उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको बताए ।
निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माण लगायतका काममा आफू सक्रिय भएर लागेको उनले बताए । साथै सुदूरपश्चिमको धार्मिक पर्यटनको विकासका लागि एउटा सर्किट निर्माणको गृहकार्य भइरहेको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


