छोराको हत्या गरेर बुबाले गरे आत्मसमर्पण

धनगढी, १६ बैशाख । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा प्रहार गरेर हत्या गरेको महेशकुमार आफैंले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले चौधरीले छोराको टाउकोमा ईटा प्रहार गरेर हत्या गरेको बताएका छन् ।
उनले चौधरीले आत्मसमर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताए । हत्या गर्नुको कारण भने खुलेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


