कार्यवाहक राष्ट्रपति यादवद्वारा संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, १५ बैशाख । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।
कार्यवाहक राष्ट्रपति यादवले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्ले वैशाख १२ गते गरेको सिफारिसका आधारमा शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताएका छन् ।
राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई एक पत्र लेख्दै नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को बैशाख १२ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेकाले यादव कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


