कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक पाए विश्वासको मत

सुर्खेत, १५ बैशाख । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार प्रदेशसभाको १४औँ बैठकबाट उनले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।
शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।
उनलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले मत हालेका हुन् ।
नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले भने विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए ।
यसअघि शर्माले ६ माघमा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यस्तै उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


