प्रधानमन्त्री प्रचण्डद्वारा आठौँपटक मन्त्रिपरिषद विस्तार

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँपटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।
आइतबार उनले नेपाली कांग्रेसका एनपी साउदलाई परराष्ट्र र नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले आइतबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राज्यमन्त्री चपाईंलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए । चपाईं एकीकृत समाजवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


