स्थानीय तह निर्वाचनमा प्रतिमतदाता २८४ रूपैयाँ खर्च

जनकपुरधाम, ४ बैशाख । निर्वाचन आयोगले २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रतिमतदाता २८४ रूपैयाँ खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनमा यस वर्षको स्थानीय तहको निर्वाचनमा आयोगले कूल ५ अर्ब ४ करोड ४ लाख खर्च गरेकोमा प्रतिमतदाता २८४ रूपैयाँ खर्च भएको हो ।
आयोगले यसअघि २०७४ सालमा सम्पन्न गरेको स्थानीय निर्वाचनमा ७ अर्ब १५ करोड ७७ लाख खर्च गर्दा प्रतिमतदाता ५०९ रूपैयाँ खर्च भएको थियो ।
आयोगले निर्वाचन सञ्चालन खर्च शीर्षकमा स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाल सरकारसँग ८ अर्ब ९५ करोड २९ लाख बजेट माग गरेकोमा ८ अर्ब ११ करोड प्राप्त गरेको थियो ।
आयोगले प्राप्त भएको बजेट मध्ये ५ अर्ब ४ करोड ३ लाख ९३ हजार खर्च गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


