जनकपुरधाम, ३ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले स्वीकृत नर्म्सको पालना नगरि ३२ योजनामा १५ लाख ५९ हजार बढी भुक्तानी गरेको पाइएको छ ।

धनुषा जिल्लाको भवन तथा शहरी विकास डिभिजन कार्यालयले ५ इँटा उत्पादक कम्पनीको इँटाको साइज गणना गर्दा ईंटाको गाह्रो लगाउने काममा वेष्टेज सहित औसत ४७६ लाग्ने तथा सुख्खा इँटा छाप्ने काममा प्रति १० गर्ग मिटरमा ३६० ईंटा लाग्ने गरी दर विलषेण गरेकोमा जनकपुरधाम उपमहानगरपालिकाले ईंटाको गाह्रो लगाउने काममा प्रति घनमिटर ५६० र सुख्खा ईंटा छापने काममा प्रति वर्गमिटर ४२० इँटा लाग्ने गरी लागत अनुमान तयार तथा मूल्याङ्कन गरेको छ ।

इँटा प्रयोगको कार्यमा स्वीकृत नर्म्सको पालना नगर्नाले ३२ योजनामा १५ लाख ५९ हजार बढी भुक्तानी भएको छ ।

उपभोक्ता समितिलाई बढी भुक्तानी

जनकपुरधाम उपमहानगरपालिकाले सडक निर्माणको लागि तयार गरेको दर विश्लेषण अनुसार पी.सी.सी १ः२ः४ को ढलानमा प्रतिघनमिटर ९ हजार ९५४ का दरले भुक्तानी गर्नुपर्नेमा १२ हजार ४९७ का दरले मूल्याङ्कन गरी ९ योजनाका उपभोक्ता समितिलाई ९ लाख ३० हजार बढी भुक्तानी गरेको छ ।