जनकपुरधाम, ३० चैत । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष समाप्त भएको ८ महिनासम्म पनि विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छैन् ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले इआइएमआइएसमा प्रवृष्टि भएको संख्याको आधारमा विद्यार्थी संख्या यकिन गरी मात्र छात्रवृति अनुदान निकासा गर्नुपर्नेमा सो नगरी ४६ विद्यालयमा ३३ लाख ८४ हजार निकासा गरेको छ ।

उपमहानगरपालिका अन्तर्गतका ३२ विद्यालयले २५ लाख ५६ हजार बराबरको रकम आर्थिक वर्ष समाप्त भएको ८ महिनासम्म पनि विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

छात्रवृत्ति वितरण कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७८ मा इआइएमआइएसमा प्रवृष्टि भएको संख्याको आधारमा विद्यार्थी संख्या यकिन गरी मात्र छात्रवृत्ति निकासा गर्नुपर्ने व्यवस्था छ ।