उपरथी सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, ३० चैत । नेपाली सेनाका उपरथी सुदर्शन सिल्वाललाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
बिहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
यसअघि सहायक रथी रहेका सिल्वाललाई मन्त्रिपरिषद्को यही चैत २४ गतेको बैठकबाट उपरथीमा पदोन्नति गरिएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सिल्वाल सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर)को महानिर्देशकमा नियुक्त भएका छन् ।
प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नति भएका तीन प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


