धनगढी, ३० चैत । कैलालीको धनगढीमा पेट दुखेपछि उपचारका लागि अस्पताल पुगेका एक वृद्धको पेटमा रक्सीको बोतल फेलापरेको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक पुरुषको पेटमा भोड्का रक्सीको बोतल फेला परेको हो ।

धनगढी उपमहानगरपालिका फूलबारी ‘एच’ गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली बोतल रहेको एक्स–रेबाट देखिएको अस्पातालले जानकारी दिएको छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका रोक्कामगरको पेटको एक्स–रे गर्दा पेटमा भोड्काको खाली बोतल रहेको एक्स–रेबाट देखिएको अस्पतालका अध्यक्ष निर्मल शाहले जानकारी दिए ।

उनको पेटमा कसरी बोत्तल पुग्यो भन्ने विषयमा खोजी भइरहेको छ । उनलाई थप उपचारका लागि अहिले अस्पतालमा राखिएको छ ।

यसअघि गत महिना चितवनमा पनि एक युवकको पेटभित्र रक्सीको बोतल भेटिएको थियो ।