काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाइएको दाबी गरेका छन् ।

बुधबार पार्टी कार्यालयमा पत्रकारसँग बोल्दै उनले भने, ‘मलाई फसाइएको हो । अदालतबाट क्लिन चिट भएपछि आउँछु । तीनै क्षेत्रका उम्मेदवारलाई भोट गर्नुहोला ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ रुपैयाँ करोड मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले निलम्बन गरेको थियो ।

अडियो बाहिरिएको विषयमा छानबिन गर्न गठित समितिले निलम्बनका लागि सिफारिस गरेको थियो ।

समानुपातिकतर्फबाट रास्वपा सांसद श्रेष्ठका सम्बन्धमा निर्णय गर्न बैठकसमेत बसको थियो ।