बुधबार कोरोनाका १२१ नयाँ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं, २९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा १२१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ र एन्टीजेन विधिबाट ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ । ज्यान गुमाउने संक्रमित ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।
मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । उनको काठमाडौँमा उपचार भइरहेको थियो ।योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुने कूल संख्या १२ हजार २२ पुगेको छ ।
असोज ८ गतेपछि पहिलो पटक मंगलबार संक्रमणका कारण एकजनाको ज्यान गएको थियो ।
यस अवधिमा थप ८१ जना संक्रमणमुक्त भएका छन् । योसँगै पीसीआर विधिबाट देशभर संक्रमितको संख्या ४४५ पुगेको छ । यस अवधिमा थप ४२ हजार १८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


