त्रिभुवन विमानस्थलबाट अमेरिकी डलर र यूरोसहित १२ जना पक्राउ

काठमाडौं, २८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर र यूरोसहित १२ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ९ जना नेपाली र ३ जना विदेशी नागरिक छन् ।
चैत २७ र २८ गते विभिन्न एयरलाइन्सद्वारा काठमाडौंबाट दुवई प्रस्थान गर्न लागेका यात्रुहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
ती यात्रुको साथबाट यूरो जम्मा ९१५ र अमेरिकन डलर जम्मा ४५ हजार ५३३ विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको राहदानी चेकजाँच गर्दा उल्लेखित परिमाणको रकमको दरपिठ गरेको नदेखिएको साथै अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लान लागेकाले आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


