मंगलबार कोरोना १०६ नयाँ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं, २८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त हुँदा संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
संक्रमणका कारण ३ महिनापछि मंगलबार एकजनाको मृत्यु भएको हो ।
वीर अस्पतालमा उपचाररत ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एकजनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


