अमेरिकाको एक बैंकमा गोली लागेर ५ जनाको मृत्यु

एजेन्सी, २८ चैत । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली लागेर ५ जनाको मृत्यु भएको छ । गोली लागेर ३ प्रहरीसहित ९ जना घाइते भएका छन् ।
ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।
उनले हानेको गोली लागेर ४ जनाको मृत्यु भएको छ भने प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा डुबेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


