स्वास्थ्य मन्त्रालय सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापनाको तयारीमा

काठमाडौं, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको जनाएको छ ।
काठमाडौंमा जारी वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताएका हुन् । उनले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि जानकारी दिए ।
उनले अनुसन्धानका शाखाहरू प्रादेशिक रूपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको सुनाए ।सचिव डा. पोखरेलले देशमा नसर्ने रोगहरूको पनि अनुसन्धान हुन जरुरी रहेको बताए । उनले अनुसन्धानका गतिविधिहरूलाई तीब्रता दिन पनि आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता जनाए ।
उनले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए । उनले युवाहरूको नवीन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए ।उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


