नरेश खरेलसहित १० जनाले एमाले छाडे

काठमाडौं, २७ चैत । नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् ।
सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका छन् ।
खरेलले पञ्चायतको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका थिए । १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए ।
खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए भने खरेलप्रति एमाले नेताहरु पनि सकारात्मक थिएनन् ।
गत वर्ष चितवनमा सम्पन्न दशौं महाधिवेशनमा खरेल कुनैपनि पदका उम्मेदवार थिएनन् । तर, उनलाई हराउनुपर्ने पर्चा महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको थियो ।
सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


